बहस गरिरहेका वकिलको हृदयघातका कारण मृत्यु

बहस गरिरहेका वकिलको हृदयघातका कारण मृत्यु
बिहिबार, कार्तिक २१, २०७६

एजेन्सी । भारतको इलाहाबाद उच्च अदालतमा बहस गरिरहेका एक वकिलको मृत्यु भएको छ।

अमूल्य रतन श्रीवास्तव नाम गरेका वकिल बहस गरिरहेका बेला हृदयघात भई भुईँमा लडेका थिए।

उनले कोर्ट नम्बर १९ मा एउटा मुद्दामा बहस गरिरहेका बेला हृदयघात भएको जनाइएको छ। घटनाबारे थप विवरणहरु भने आइसकेका छैनन्।