अण्डर नाइन्टिन फुटबल : दोस्रो छनौट खेलमा नेपालले इरानसँग प्रतिस्पर्धा गर्ने

अण्डर नाइन्टिन फुटबल : दोस्रो छनौट खेलमा नेपालले इरानसँग प्रतिस्पर्धा गर्ने
शुक्रबार, कार्तिक २२, २०७६

एजेन्सी । एएफसी अण्डर नाइन्टिन च्याम्पियनसिप फुटबल प्रतियोगिताको दोस्रो छनौट खेलमा आज नेपालले इरानसँग प्रतिस्पर्धा गर्दैछ ।

सन् २०२० मा उज्बेकिस्तानमा हुने एएफसी अन्डर नाइन्टिन च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि हुने छनौट खेलमा नेपालले इरानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

ईरानको राजधानी तेहेरानस्थित पिएएस रंगशालामा हुने खेल नेपाली समय अनुसार शुक्रबार राति आठ बजे सुरु हुनेछ । बुधबार भएको पहिलो छनौट खेलमा नेपाल युएईसँग चार शुन्य गोल अन्तरले पराजित भएको थियो । तेस्रो छनौट खेलमा नेपालले किर्गिस्तानसँग कात्तिक २४ गते आइतबार प्रतिस्पर्धा गर्नेछ ।

समूह डी मा रहेको नेपाल अंकविहिन हुदैँ अंक तालिकाको चौथो स्थानमा रहेको छ ।