भारतीय हस्तक्षेपविरुद्ध नेविसघंको चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा

भारतीय हस्तक्षेपविरुद्ध नेविसघंको चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा
शुक्रबार, कार्तिक २२, २०७६

काठमाडौ । भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएको विरोधमा विभिन्न विद्यार्थी संगठनहरुले चरणवद्ध आन्दोलन घोषणा गरेका छन ।

नेविसंघ काठमाडौँ जिल्ला समितिले आज काठमाडौंमा प्रदर्शन गर्दै मसाल जुलुससहित प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहनको कार्यक्रम घोषणा गरेको हो । चरणवद्ध आन्दोलनका क्रममा शनिबार सिठ्ठी जुलुस, आइतबार मशाल जुलुस र सोेमबार प्रधानमन्त्री ओलीसहित सरकारमा रहेकाहरुको पुत्ला दहन गरिने नेविसंघ काठमाडौँ जिल्ला समितिका अध्यक्ष मनोज वैद्यले जानकारी दिए ।

भारतले सीमा मिच्दा समेत सरकारले मौनता साधेकाले चरणवद्ध आन्दोलनमा उत्रेको उनको भनाई छ । शुक्रबार कांग्रेस निकट नेविसंघ काठमाडौं र पशुपति क्याम्पस इकाइको आयोजनामा चावहिलमा प्रदर्शन गरेको छ । भारतीय विस्तारवाद मुर्दावाद लेखिएको ब्यानरसहित विद्यार्थीहरुले प्रदर्शन गरेका थिए ।

उनीहरुले सरकार विरुद्ध पनि नारा लगाए थिए ।