त्रिभुवन विमानस्थलमा श्री एयर र यति एयरका विमान ठोक्किए

त्रिभुवन विमानस्थलमा श्री एयर र यति एयरका विमान ठोक्किए
त्रिभुवन विमानस्थलको आन्तरिक कक्ष
शुक्रबार, कार्तिक २२, २०७६

काठमाडौं- त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको विमान र यति एयरलाइन्सको विमान ठोक्किएका छन् ।

त्रिभुवन विमानस्थलको आन्तरिक पार्किङमा श्री एयरलाइन्सको जहाज र यतिको जहाज ठोक्किएका हुन् ।

पार्किङ गरी राखिएको यतिको जहाजलाई श्रीको जहाजले धक्का दिएको थियो ।

विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतीको जहाजमा ठोक्किन पुगेको र जहाजमा सामान्य क्षति भएको विमानस्थल श्रोतले जनाएको छ ।