कांग्रेस संस्थापक नेता सिंहको १०५ औं जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइयो

कांग्रेस संस्थापक नेता सिंहको १०५ औं जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइयो
आइतवार, कार्तिक २४, २०७६

काठमाडौ । नेपाली कांग्रेसका संस्थापक नेता एवंम् लौह पुरुष गणेशमान सिंहको १ सय ५ औँ जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

सिंहको १ सय ५ औँ जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरेका हुन । शोभा भगवतीमा रहेको सिंहको शालिकमा विहान माल्र्यापण गरिएको छ ।

कार्यक्रममा बोल्दै काठमाडौ जिल्ला सभापति सबुज बानियाले गणेमान सिंह र लोकतन्त्र पर्यावाची भएको बतानुभयो । सभापति बानियाले सिंहले राजनीतिमा गरेको त्याग, मुल्य मान्यता र आर्दशलाई विर्सिदै जादा अहिलेको राजनीतिमा विचलन आएको बताए ।

कांग्रेस नेता राजन केसीले प्रजातन्त्र प्राप्तिका लागि पटक पटक लडेको र कुनै स्वार्थ नराखी जनताका लागि निरन्तर रुपमा लडिरहेका हुनाले नेपालको राजनीतिक परिवर्तनमा सिंहको विशिष्ट योगदान रहेको बताए ।्

राणा शासनको अन्त्य तथा प्रजातन्त्रको वहालीका लागि सिंंहको योगदानलाई अतुलनीय मानिन्छ । सिंहले नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक विपी कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना समेत गरेका थियो ।