डडेलधुरामा १७औं सत्याग्रहमा रहेका डाक्टर केसीलाई जजरजस्ती काठमाडौं ल्याउने प्रयास

स्थानीयको अवरोध, राजमार्ग बन्द

डडेलधुरामा १७औं सत्याग्रहमा रहेका डाक्टर केसीलाई जजरजस्ती काठमाडौं ल्याउने प्रयास
सोमवार, कार्तिक २५, २०७६

हर्क चन्द
डडेलधधुरा- चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनरत डाक्टर गोविन्द केसीलाई सरकारले बल प्रयोग गरी काठमाडौं ल्याउने तयारी गरेको छ।

चिकित्सा शिक्षमा सुधारका लागि सरकारले आफूसँग विगतमा गरेको सहमति कार्यान्वयनसहितका सातबुँदे माग राखेर १७औं पटकको सत्याग्रहमा डडेल्धुरामा सुरु गरेका डठाक्टर केसीलाई सरकारले आठौं दिन काठमाडौं ल्याउने प्रयास गरेको हो।

डाक्टर केसीलाई काठमाडौं ल्याउन खोज्दा स्थानीयले भने अवरोध गरेका छन्। प्रहरी लगाएर सरकारले काठमाडौं ल्याउने प्रयास गर्दा स्थानीयले माग पुरा नभएसम्म काठमाडौं लैजान नदिने भन्दै अवरोध गरेका हुन्।

आज विहान अनसनरत डा केसीलाई स्थानीय प्रशासनले जवरजस्ती सुविधा सम्पन्न अस्पतालमा लैजाने भन्दै डडेलधुरा अस्पतालबाट निकाल्ने प्रयास गरेको थियो। स्थानीयले विहानै देखि भिमदत्त राजमार्ग वन्द गरेर विरोध जनाएका छन्।

डडेलधुराका स्थानीय तथा नागरिक समाजले विरोध प्रदर्शन गर्दै ७ जिल्लाको सरकारी गाडी समेत बन्द  गरेका  छन्।

डा. केसीको स्वास्थ्य बिग्रँदै गएपछि उनलाई काठमाडौं ल्याउने तयारी थालिएको प्रशासनले जनाएको छ। अस्पतालमा आवश्वयक अपचारका सामग्री नभएको अस्पतालले जनाएपछि थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको हो।