विद्यार्थीहरुका गुनासा सम्बोधन नगरे मेडिकल कलेजलाई ठगी मुद्दा चलाउने शिक्षा मन्त्रिको चेतावनी

विद्यार्थीहरुका गुनासा सम्बोधन नगरे मेडिकल कलेजलाई ठगी मुद्दा चलाउने शिक्षा मन्त्रिको चेतावनी
सोमवार, कार्तिक २५, २०७६

काठमाडौ । नेपाल सरकारको निर्णय नमान्ने मेडिकल संचालकहरुलाई कारवाही गर्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि गिरिराजमणि पोखरेलले पत्रकार सम्मेलन गर्दै मेडिकल कलेज सञ्चालकलाई विद्यार्थीका माग सम्बोधन गर्न १५ दिनको अल्टिमेटम दिएको बताए । मन्त्रि पोखरेलले आगामी १५ दिनभित्र विद्यार्थीहरुका गुनासा सम्बोधन नभए ठगी मुद्दा चलाउने निर्णय भएको बताए । यस बारे शिक्षा मन्त्रालयले गृहमन्त्रालयलाई आज पत्र लेखेर जानकारी गरिने पनि बताएका छन् ।

मन्त्रालयले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयका उपकुललपति, चिकित्सा शिक्षा आयोगको उपाध्यक्षसहित राखेर गरेको मन्त्रीस्तरीय बैठकले १५ दिनको अल्टिमेटम दिने निर्णय गरेको हो । यता निजी मेडिकल कलेज सञ्चालकहरु सरकारको निर्णय कार्यान्वयन गर्न नसकिने भन्दै सरकारलाई तालाचाबी बुझाउने भन्दै धम्कि दिंदै आएका छन् ।

त्यस्तै मन्त्रि पोखरेलले अनसनरत डा. गोबिन्द केसिलाई अनसन छोडेर कानून कार्यान्वयनमा सघाउन अनुरोध गरेका छन् । डा. केसीका माग सम्बोधन गर्दै सरकारले कार्यान्वयन गर्न सुरु गरेको मन्त्रि पोखरेलले बताए । अहिले देश सीमा बिवादमा अल्झिएर संवेदनशील भइरहेको अवस्थामा अनसन बसेर सरकारलाई अनावश्यक दवाब नदिन डा. केसिलाई आग्रह गरे ।

डा. केसी विभिन्न माग राखी विगत ८ दिन देखि डडेलधुरामा अनसन बसिरहनु भएको छ । डा. केसीको स्वास्थ्यमा समस्या देखिए पछि अस्पताल भर्ना गरिएको छ ।