भारतले नेपालको भूभाग आफ्नो नक्सामा पारेको बिषयमा पुराना नक्सा र तथ्यांकहरु संकलन गरीदैछ : प्रधानमन्त्री

भारतले नेपालको भूभाग आफ्नो नक्सामा पारेको बिषयमा पुराना नक्सा र तथ्यांकहरु संकलन गरीदैछ : प्रधानमन्त्री
सोमवार, कार्तिक २५, २०७६

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपालको भूभाग आफ्नो नक्सामा पारेको विषयमा कुराकानी गर्न पुराना नक्सा र तथ्यांकहरु संकलन गरिरहेको बताएका छन् ।

आज बसेको नेकपा सचिवालय बैठकमा यसबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले अतिक्रमित भूभाग फिर्ता गराउने गरी सरकारले काम गरिरहेको जानकारी दिए । उनले तथ्य र प्रमाणका आधारमा नेपालले भारतसँगको सिमा विवाद समाधानका लागि भारतसँग कुरा गर्ने बताउनुभएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।