अदालतका एक कर्मचारी अख्तियारको नियन्त्रणमा

अदालतका एक कर्मचारी अख्तियारको नियन्त्रणमा
सोमवार, कार्तिक २५, २०७६

मेगराज खड्का/रुकुम । रुकुम पश्चिमका एक कर्मचारी सेवाग्राहिसँग घुस मागिरहेको अवस्थामा पक्राउ परेका छन् ।

जिल्ला अदालत रुकुम पश्चिममा कार्यरत नायब सुव्बा रमेशकुमार खड्का अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणनमा परेका छन । आयोगलेका प्रवक्ता प्रदीपकुमार कोईरालाका अनुसार अदालतबाट फैसला भईसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराउनु पर्नेमा नगराई पटक–पटक मोलमोलाई गरी ६० हजार रुपैयाँ खड्काले माग गरिरहेका थिए ।

घुस रकम बार्गेनिंग गरी अन्तिममा पन्ध्र हजार नदिईकन कागजपत्र नदिने भनी सेवाग्राहीलाई दुस्ख दिइरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको टोलीले उनलाई नियन्त्रणमा लिएको अख्तियारले निकालेको प्रेस बिज्ञप्तीमा भनिएको छ ।

आयोगका अनुसार उनलाई सेवाग्राहीबाट पन्ध्र हजार घुस वापतको रकम माग गरिरहेको अवस्थामा रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नम्बर–.१ खलंगास्थित जिल्ला प्रहरी कार्यालय जाने बाटोबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।