अघोरी भनेर चिनिने सामाजिक संजाल बाबाकी पत्नी पक्राउ

पैसाका लागि आफ्नै पूर्वपतिसँग झुक्याएर विवाह गराएको आरोप

अघोरी भनेर चिनिने सामाजिक संजाल बाबाकी पत्नी पक्राउ
सोमवार, कार्तिक २५, २०७६

सामाजिक सञ्जालमा अघोरी बाबा भनेर चर्चित बनेका बाबासँग विवाह गरेकी महिला पक्राउ परेकी छन्। बौद्धबाट प्रहरीले सोमबार शारदा पाण्डेलाई पक्राउ गरेको हो।

चितवनकी एक युवतीलाई शारदाले अमेरिका पठाउने भन्दै आफ्ना पूर्वपतिसँग विवाह गराएकाे तर पैसा लिएर पनि अमेरिका नपठाएको आरोप छ। पैसा लिएरपनि अमेरिका नलगेपछि ती युवतीले प्रहरीमा उजुरी दिएकी थिइन्।

सोही उजुरीका आधारमा पाण्डेलाई पक्राउ गरिएको बौद्ध प्रहरी प्रमुख डीएसपी रमेशबहादुर सिंहले जानकारी दिए। प्रहरीले दुवै पक्षलाई राखेर छलफल गरेको छ।