डाक्टर केसीलाई लिन डडेलधुरा पुगेको हेलिकप्टर रित्तै फर्कियो

माग पुरा नहुँदासम्म नफर्किने डाक्टर केसीको अडान

डाक्टर केसीलाई लिन डडेलधुरा पुगेको हेलिकप्टर रित्तै फर्कियो
सोमवार, कार्तिक २५, २०७६

हर्क चन्द

डडेलधुरा- चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनरत डाक्टर गोविन्द केसीलाई लिन पुगेको हेलिकोप्टर रित्तै काठमाडौै फर्किएको छ। सरकारले बल प्रयोग गरी काठमाडौं ल्याएर उपचारको तयारी गरेपनि डाक्टर केसीको अडान र स्थानीयको विरोधका कारण हेलिकोप्टर रित्तै फर्किएको हो।

चिकित्सा शिक्षमा सुधारका लागि सरकारले आफूसँग विगतमा गरेको सहमति कार्यान्वयनसहितका सातबुँदे माग राखेर १७औं पटकको सत्याग्रहमा डडेल्धुरामा सुरु गरेका डठाक्टर केसीको अनसन आज सातौ  दिन पुगेको छ।

डाक्टर केसीलाई काठमाडौं ल्याउन खोज्दा स्थानीयले विहानै देखि अवरोध गरेका थिए। प्रहरी लगाएर हैन माग पुरा गर।ेर लैजाउँ भन्दै विरोधमा उत्रिएका स्थानीयले विहानै देखि भिमदत्त राजमार्ग वन्द गरेर विरोध प्रदर्शन गरेका थिए।

अस्पतालले डा. केसीको स्वास्थ्य बिग्रँदै गएको भन्दै उनको जीवन रक्षाका लागि सुविधासम्पन्न अस्पतालमा रिपोर गर्नुपर्ने जनाएको थियो। त्यसपछि डाक्टर केसीसँग वार्तासमेत नगरेको सरकारले उनलाई प्रहरी प्रशासन लगाएर काठमाडौं ल्याउने प्रयास गरेको थियो।

त्यसका लागि काठमाडौंबाट हेलिकप्टर लिएर पुगेपनि डाक्टर केसीले अस्वीकार गरेपछि सर्वदलीय बैठक राखिएको थियो।

प्रमुख जिल्ला अधिकारीकोमा बसेको सर्वदलिए बैठकले डा केसीको ईच्छा विपरित नलैजाने निर्णय गरेपछि हेलिकोप्टर रित्तै काठमाडौं उडेको हो ।

सरकारले चिकित्सा शिक्षा सुधारका लागि डाक्टर केसीसँग गरेका सम्झौता पालना गर्न सकेको छैन भने उनको माग स‌ंबोधनका लागि बनेको कानुनको कार्यान्वपयनमा समेत समस्या देखिएको छ।