अस्वस्थ भएपछि भारतकी प्रसिद्ध गायिका लता मंगेश्कर अस्पताल भर्ना

अस्वस्थ भएपछि भारतकी प्रसिद्ध गायिका लता मंगेश्कर अस्पताल भर्ना
सोमवार, कार्तिक २५, २०७६

एजेन्सी । भारतकी प्रसिद्ध गायिका लता मंगेश्करको स्वास्थ्यमा समस्या आएपछि मुम्बईस्थित अस्पतालमा भर्ना भएकी छन् ।

यसअघि भाइरल इन्फेक्सन भएपछि अस्पताल भर्ना भएकी मंगेश्करको स्वास्थ्य अवस्थामा सुधार आएपछि घर लगिएकोमा उनको फेरि स्वास्थ्य अवस्था गम्भीर बनेको हो ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार छातीमा संक्रमण भएपछि सोमबार दुई बजे अस्पताल भर्ना भएकी उनी गम्भीर अवस्थामा आईसीयूमा छन् ।

भारतको प्रतिस्ठित पुरस्कार ‘भारत रत्न’ र ‘दादा साहब फाल्के’ जस्ता सम्मान प्राप्त ९० वर्षीया मांगेश्कर भारतीय फिल्म जगतकी सर्वश्रेष्ठ गायिका मानिन्छिन् ।