नेविसंघद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग

नेविसंघद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग
मङ्लबार, कार्तिक २६, २०७६

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ ।

भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएपछि आन्दोलित बनेको नेविसंघले आज बिहान काठमाडांैको चावहिलमा प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै विरोध प्रर्दशन गरेको हो ।

त्यस क्रममा उनीहरुले सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए । नेविसंघ, काठमाडौं जिल्ला समितिको आह्वानमा आयोजना गरिएको विरोध प्रर्दशनमा राष्ट्रियता जोगाउन अपिल गर्दै सडकमा आउन सबैलाई अपिल गरिएको प्लेकार्ड समेत प्रर्दशन गरिएको थियो ।

नेविसंघले भारतले आफ्नो नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता नलिएसम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ ।

नेविसंघले भारत सरकारसँग नेपाली भूमि फिर्ता लिन माग गर्दै काठमाडौंलगायतका देशका मुख्यमुख्य सहरमा विरोध प्रर्दशन गर्दै आएको छ ।