भूकम्पले क्षति गरेको संरचना पुनर्निर्माणमा मेलम्ची नगरपालिका सक्रिय

भूकम्पले क्षति गरेको संरचना पुनर्निर्माणमा मेलम्ची नगरपालिका सक्रिय
मङ्लबार, कार्तिक २६, २०७६

दिपिन/सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले नगरभित्रका भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि आफैले समयसीमा तोकेको छ ।

नगरपालिकामा बसेको बैठकपछि नगरपालिकाले २०७७ साल असार मशान्त भित्र निजी आवास पुनर्निर्माण सक्ने लक्ष्य सार्वजनिक गरेको हो । बैठकले लाभग्राहि सूचीमा दोहोरिएको नामावली सच्याउने निर्णय समेत गरेको छ । नगरपालिकाका सुचना अधिकारी जितबहादुर कार्किका अनुसार नगरपालिकाले पुर्ननिर्माणमा खटिएका संघसंस्थालाई परिचालन गरि समयमै निजि आवास निमार्ण कार्य सक्ने लक्ष्य लिएको हो । बैठकमा नगरप्रमुख डम्बर अर्यालले निजि आवास निर्माण सकेर सार्वजानिक स्थलहरुको पुननिर्माण लाग्ने बताए ।

उनले मठ मन्दिर, गम्बालगाएतका संरचना बनाउन ढिला भइसकेको भन्दै निजी आवास पुन निमार्णको कार्य छिटोगरि सक्नका लागि सहयोग गर्न बैठकमा सहभागि संघ संस्थाका प्रतिनिधि, पुननिमार्णमा खटिएका इन्जिनियर, वडा अध्यक्षहरुलाई आग्रह गरेका छन् ।

नगरपालिकाले सम्झौता भएर पहिलो किस्ता लिएका लाभग्राहिलाई कातिक मशान्त भित्र डिपिसि सक्न पनि आग्रह गरेको छ ।