महिला भलिबल च्याम्पियनसिप : नेपालले घरेलु टोली बंगलादेशसंग प्रतिस्पर्धा गर्दै

महिला भलिबल च्याम्पियनसिप : नेपालले घरेलु टोली बंगलादेशसंग प्रतिस्पर्धा गर्दै
मङ्लबार, कार्तिक २६, २०७६

एजेन्सी । पहिलो संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा आज(मङ्गलवार) नेपालले घरेलु टोली बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ ।

ढाकाको शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा हुने खेल आज दिउँसो २ः४५ बजे सुरु हुनेछ । सुरुवाती दुई खेल जितेर उपाधि होडमा बलियो देखिएको नेपाली टिमलाई घरेलु टोलीले परिक्षा लिनेछ ।

नेपालले पहिलो खेलमा अफगानिस्तान र दोस्रो खेलमा कीर्गिस्तानलाई सोझो सेटमा हराएको थियो । बंगलादेशलाई हराउँदै नेपाल फाईनल नजिक पुग्ने लक्ष्यमा हुनेछ । नेपालको मुख्य चुनौतीको रुपमा माल्दिभ्स रहेको छ । नेपालले लिग चरणको अन्तिम खेलमा भोली माल्दिभ्ससंग खेल्नेछ ।

राउण्ड रोबिन लिगको शीर्ष दुई टिमले फाईनल खेल्नेछन् । बंगलादेश भलिबल संघले आयोजना गरेको प्रतियोगितामा नेपाल सहित पाँच राष्ट्र सहभागी छन् ।