अदुवाको गाना कुहिँदा करोडौंको क्षति, कृषक मारमा

अदुवाको गाना कुहिँदा करोडौंको क्षति, कृषक मारमा
बुधबार, कार्तिक २७, २०७६

गणेश उप्रेती
उदयपुर । उदयपुरका किसानहरुले मुख्य नगदेबालीका रुपमा अलगाउदै आएको अदुवामा विभिन्न रोग लाग्न थालेपछी कृषकहरु चिन्तित बनेका छन । अदुवामा गानो कुहिने, गबारो र पातबेरुवा लगायतका विभिन्न रोगको संक्रमण देखिन थालेपछी कृषकहरु चिन्तित बनेका हुन ।

उदयपुरका किसानहश्रले पछिल्लो समय मुख्य नगदेबालीका रुपमा अदुवा खेति गर्दै आएका छन् । नगदेबालीका रुपमा अदुवा रोपेका किसानको अदुवामा माउ झिकिसकेपछि रोगको संक्रमण देखा परेको छ ।

खाद्य बाली मासेर लगाएको व्यावसायिक अदुवा खेती रोगले सखाप पारेपछि यति बेला कटारी नगरपालिकाको ११ र १२ नम्बर वडाका किसानहरु चिन्तित बनेका छनु । किसानले लगाएको अदुवामा गानो कुहिने, गबारो तथा बेरुवा लाग्नेजस्ता संक्रमण देखापरेकोछ ।

शुरुमा गानो कुहिने र पछि पहेँलिँदै क्रमशः बोटै मरेर जाने उसमस्या आएपछि किसानहरु अनेक उपाए गरिरहेका छन् । अदुवाको रोग निको पार्न उनीहरु नगरपालिकाको कृषि शाखा र कृषि ज्ञान केन्द्रसम्म पुग्दा पनि रोगको उपचार नभेटिएको कटारी नगरपालिकाका कृषक ज्ञानबहादुर बस्नेतले बताए।

अदुवा देखिएको रोगले करोडौं रुपैयाँको क्षति भएको किसानहरुको भनाई छ । अदुवाको फल लाग्ने बेलामा एकाएक देखा परेको गाना कुहिने रोगले ठूलो परिमाणमा क्षति भएको हो । गाना कुहिन थालेपछि विक्रिकालागि बजारसम्म पुर्‍याउँदासमेत विक्रि नहुने समस्या देखिएको छ ।

जसले गर्दा थो विक्रेता व्यापारीले नै किन्छ छोडेपछि किसान थप समस्यामा छन् । अदुवा बेचेरै छोराछोरीको पढाई खर्च, नुनतेलादेखि घरयासी समस्याको टार्नुपर्ने अवस्था आएको अर्का कृषक राजन राउत बताउँछन् ।

मसलाको रुपमा प्रयोग हुने अदुवा उदयपुरको कटारी नगरपालिकाको हर्देनी, मयाखु, लेखानी, सोरुङ, लिम्पाटार, सिरिसे, लगायत विभिन्न क्षेत्रमा खेती हुँदै आएको छ ।

कटारी नगरपालिकाको ११ नम्वर वडामा मात्र गएको वर्ष झण्डै तीन करोडको अदुवा बिक्री भएको सरकारी तथ्याङक छ ।