सबै स्थानीय तहमा तत्काल बैंकको व्यवस्था गर्न अर्थमन्त्रीको निर्देश

सबै स्थानीय तहमा तत्काल बैंकको व्यवस्था गर्न अर्थमन्त्रीको निर्देश
बुधबार, कार्तिक २७, २०७६

काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकिङ सेवा नपुगेका स्थानीय तहमा पनि तत्काल बैंकको व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशनदिएका छन् ।

अर्थमन्त्री खतिवडाले १९ वटा स्थानीय तहमा अझै बैंक स्थापना हुन नसकेको भन्दै ती ठाउँहरुमा पनि तत्काल बैंकिङ सेवा संचालन गर्न नेपाल राष्ट्र बैंकलाई सचेत गराएका छन् । मुलुक संघीयतामा गएसँगै स्थानीय तहमा अधिक आर्थिक क्रियाकलाप हुन थालेकाले सबै स्थानीय तहमा बैंकिङ सेवा स्थापना गर्न ढिलाई गर्न नहुने अर्थमन्त्री खतिवडाको भनाई छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपाल राष्ट्र बैंकको निर्देशनहरुको पूर्ण पालना गर्न सबै बैंक तथा वित्तिय संस्थालाई कडा निर्देशन दिएका छन् । उनले ईमान्दार ढंगले काम नगर्ने बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुलाई पनि बैंकिङ कसुर अन्तरगत कडा कार्वाही गर्ने चेतावनी पनि दिएका छन् ।

डेपुटी गभर्नर शिवाकोटीले बैंक तथा वित्तिय संस्थाहरुमा अनियमितता गर्नेलाई बैकिङ कसुर ऐन अन्तरगत कार्वाही हुने पनि स्मरण गराए ।