सिनियर महिला भलिबल : नेपाल र माल्दिभ्सको प्रतिस्पर्धा जारी

सिनियर महिला भलिबल : नेपाल र माल्दिभ्सको प्रतिस्पर्धा जारी
बुधबार, कार्तिक २७, २०७६

एजेन्सी । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपाल र माल्दिभ्सको प्रतिस्पर्धा जारी छ ।

एक खेल अगावै फाईनल पुगेका दुवै टिम समुह चरणको अन्तिम खेलमा भिड्न लागेका हुन् । ढाकाको शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा खेल जारी छ । नेपालले सुरुवाती खेलमा अफगानिस्तान, कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराउँदै फाईनल यात्रा तय गरेको हो ।

राउण्ड रोबिन लिगको आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।