एनसेलले ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्यायो

एनसेलले ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्यायो
बुधबार, कार्तिक २७, २०७६

काठमाडौ । एनसेलका प्रिपेड ग्राहकहरुले देशभरका अन्य नेटवर्कमा रहेका साथीभाइ र आफन्तजनसँग सुलभ दरमा कुरा गर्न सक्ने भएका छन् ।

एनसेलले ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्याएसँगै यो सुविधा थपिएको हो । यस अन्तर्गत ग्राकहले कर बाहेक प्रति मिनेट १ रुपैयाँको दरमा देशभित्रको सम्पूर्ण नेटवर्कमा कल गर्न सक्छन् ।

यो अफर बाहेक विद्यमान शुल्क अनुसार एनसेलका ग्राहकले अन्य सेवा प्रदायकको नेटवर्कमा कल गर्दा कर बाहेक प्रतिमिनेट १ रुपैयाँ ९९ पैसा लाग्नेछ ।

मंगलबादेखि सुरु भएको अल नेट भ्वाइस प्याक आगामी माघ २६ गतेसम्म चल्नेछ ।