काठमाडौंमा ‘अवैतनिक वाणिज्य दुतहरुको अन्तराष्ट्रिय सम्मेलन’ सुरु

काठमाडौंमा ‘अवैतनिक वाणिज्य दुतहरुको अन्तराष्ट्रिय सम्मेलन’ सुरु
बुधबार, कार्तिक २७, २०७६

काठमाडौंमा ‘अवैतनिक वाणिज्य दुतहरुको अन्तराष्ट्रिय सम्मेलन’ सुरु भएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले आज काठमाडांैमा एक समारोहका बीच विश्वका विभिन्न मुलुकका अवैतनिक वाणिज्य दुतहरु सहभागी रहेको अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्नु भएको हो ।

सम्मेलनलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन सहयोग गर्न अवैतनिक वाणिज्य दुतहरुलाई आह्वान गरे ।

उनले नेपाल सरकारले सन् २०२० मा कम्तिमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको भन्दै त्यसमा साथ दिन सबै देशका अवैतनिक वाणिज्य दुतहरुलाई आह्वान गरे । त्यस अवसरमा उहाँले वैदेशिक लगानीका लागि नेपाल उपयुक्त गन्तव्य मुलुक भएको भन्दै लगानी गर्न पनि बाह्य मुलुकका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।्

नेपालको ऊर्जा, पर्यटन, कृषि र उद्योगमा लगानी गरे उच्च प्रतिफल प्राप्त गर्न सकिने परराष्ट्रमन्त्री ज्ञवालीको भनाई छ । मन्त्री ज्ञवालीले नेपालमा आर्थिक विकासको गतिले तीव्रता पाएको भन्दै त्यसबाट आउने मुनाफाको लाभ लगानीकर्ताहरुलाई हुने पनि स्मरण गराएका छन् ।