सहुलियतपूर्ण कर्जाको कार्यविधि संशोधन गर्ने तयारी

काठमाडौं- सहुलियतपूर्ण कर्जाको कार्यविधि संशोधनका लागि मन्त्रिपरिषद्मा पुगेको छ । सरकारले गतवर्ष सहुलियत कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ जारी गरेको थियो ।
युवा स्वरोजगार बढाउने उद्देश्यसहित सरकारले गतवर्ष कार्यान्वयनमा ल्याएको उक्त कार्यविधि प्रभावकारी बन्न नसकेपछि संशोधनमा पुगेको हो ।
कार्यविधिबाट सहजरूपमा सहुलियतपूर्ण कर्जा पाउन नसकेको गुनासो गर्दै सरोकारवाला युवाले पटक/पटक संशोधनको माग गरेका थिए । कार्यविधिअनुसार बैङ्कहरूले सहुलियतपूर्ण कर्जा नदिने अवस्था कायमै रहेको भन्दै युवाले यसको संशोधनको माग राखेका हुन् ।
सहुलियत कर्जासम्बन्धी विभिन्न सात कार्यक्रमको कार्यान्वयनका लागि एकीकृतरूपमा कार्यविधि तयार भएको थियो । कार्यविधिले व्यावसायिक कृषि तथा पशुपक्षी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय विकास, उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा तथा भूकम्प पीडितहरूको निजी आवास निर्माण कर्जा समेटेको थियो ।
ब्याजदरमा अनुदानसहित कर्जा दिइनेछ जसमा उद्यमशील महिला कर्जामा छ प्रतिशत र अन्य कर्जामा पाँच प्रतिशत अनुदानको व्यवस्था गरिएको छ ।
राष्ट्रिय युवा परिषद्को सहजीकरणमा युवाले कार्यविधि संशोधनसहित अर्थ मन्त्रालयमा पेस गरेको परिषद्का सूचना अधिकारी ध्रुव पौडेलले जानकारी दिए ।
कर्जाका लागि सहज वातावरण निर्माण होस् भन्ने उद्देश्यले कर्जा संशोधन गर्नका लागि माग गरिएको हो । यसैगरी परिषद्को सहजीकरणमा एनएमबी बैङ्कले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई एक अर्ब लगानी गर्ने घोषणा गरी ऋण प्रवाह गरिरहेको छ ।
यसैगरी राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्क र नेपाल बैङ्क लिमिटेडसँग पनि सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि छलफल चलिरहेको पौडेलले जानकारी दिए। सहुलियतपूर्ण कर्जा कार्यान्वयनमा देखिएको जटिलता समाधान गरी सहज कार्यान्वयनका लागि कार्यविधिमा संशोधन गर्न रिटर्नी माइग्रेन्ट नेपालले कार्यविधि कार्यान्वयन नहुँदैदेखि माग गरेको थियो ।
वैदेशिक रोजगारबाट फर्केका युवा परियोजना कर्जाका लागि गरिएको व्यवस्था उपयुक्त नभएको भन्दै उनीहरूले संशोधनको माग गरेका थिए । स्वदेशबाट फर्किएको तीन वर्ष नाघेका युवालाई उक्त कर्जा पाउन नसक्ने व्यवस्था गरिएको थियो ।
वैदेशिक रोजगारीका क्रममा गरेको कामको सीप खुल्ने प्रमाणपत्र पेस गर्नुपर्ने, विदेशमा सिकेको सीपका आधारमा व्यावसायिक परियोजना प्रस्तुत गर्नुपर्नेजस्ता विषयलाई अनिवार्य गर्नु उपयुक्त नभएको भन्दै संशोधनको माग गरिएको थियो ।
कार्यविधि कार्यान्वयनमा सबैभन्दा ठूलो समस्या बैङ्कहरूको आनाकानी नै रह्यो । बैङ्कहरूले लागू गर्नुपर्ने कार्यविधिलाई उनीहरूले त्योअनुरुप कर्जा लिन चाहनेलाई दिन मानेनन् ।
-
द्रुतमार्ग निर्माणका क्रममा २७ हजार भन्दा बढि रूख काटिए
-
कांग्रेसमा देउवा-पौडेल द्वन्द्वको प्रभाव : केन्द्रीय समिति बैठक सोमबार पनि बस्न सकेन
-
देउवा र पौडेल पक्षको चाक्सीवारी वार्ता : नेविसंघ नेतृत्व सहमति मै ल्याउने तयारी
-
धनकुटामा मृतकको शव सडकमा तेस्राएर प्रदर्शन, कोशी राजमार्ग अवरुद्ध
-
स्थायी कमिटीका लागि नेकपा सचिवायले तय गर्यो ५ एजेन्डा
-
नेपाल–भारत सीमा विवादले ल्याएको तरंग
-
देशभर जाडो भढ्यो : मुस्ताङमा ताल जमे, खोला बग्न छोडे
-
विदेशीको आकर्षण बन्दै इलामका होमस्टे, गोठमा भकारो सोहोर्दै बस्दै
-
दक्षिण एसियाली खेलकुद ‘साग’ : ५१ मध्ये नेपाल आर्मी सम्बद्ध खेलाडीबाट २३ स्वर्ण पदक
-
९९७ उम्मेदवारले चुनावी खर्चको विवरण बुझाएनन्
-
फुटबलमा नेपाललाई स्वर्ण, भुटान २-१ ले पराजित
-
सैन्य विमान दुर्घटना, ३८ जनाको मृत्यु
-
सनिलको जीतसँगै नेपालले ५० औं स्वर्ण जित्यो
-
कर्मचारीले सांसदलाई हराए
-
ओखलढुंगाको टोड्केमा जीप दुर्घटना : १० जना घाइते दुईको अवस्था गम्भीर
-
कक्षा १२ को नतिजा सार्वजनिक
-
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
-
लोडसेडिङ गराउनेहरु फेरी सक्रिय हुदै : कुलमान घिसिङ
-
सिभिल होम्सको घर किन्दा पीडै पीडा, नयाँ किन्नेलाई यस्तो सुझाव (भिडियाे सहित)
-
बौद्धिक बर्गलाई नै ठग्यो सिभिल होम्सले, न्याय माग्दा उल्टै प्रहरीको कठघरामा
-
मन्त्रीको हातबाट सिलाई बुनाई मेसिन पाएपछि…
-
सिभिल होम्समा लगानी बालुवामा पानी, सिभिल ग्रुपले यसरी लुट्दै छ ग्राहक
-
दिल्लीका होटलबाट ७४ नेपाली युवतीको उद्धार (भिडियाे सहित)
-
भन्दा अनौठो, सुन्दा झन अचम्म, इमान्दारीताको यो उदाहरण(प्रमाण सहित)
-
कक्षा ११ को परीक्षाफल नतिजा सार्वजनिक
-
फाेर्ब्सको सूचीमा नेपालको सवैभन्दा धनी विनोद चौधरी, ज्ञानेन्द्र शाह १० औं नम्बरमा
-
कम परिणामको तेल बेच्ने पेट्रोल पम्पमा सिलबन्दी
-
सुसाइड भिडियो बनाएर बिदा भए पुडासैनी
-
बिहेका लागि केटा नपाएपछि सामुहिक रूपमा बिहेका लागि अपिल
-
मुलुकलाई कानुन बनाउन चटारो, सभामुखलाई विदेश जान हतारो !
-
द्रुतमार्ग निर्माणका क्रममा २७ हजार भन्दा बढि रूख काटिए
-
कांग्रेसमा देउवा-पौडेल द्वन्द्वको प्रभाव : केन्द्रीय समिति बैठक सोमबार पनि बस्न सकेन
-
२०७७ सालको अन्त्यमा पार्टीको महाधिवेशन गर्ने नेकपाको तयारी
-
बलात्कारको आरोपमा पक्राउ परेका कृष्णदाशलाई पुन चौथो पटक म्याद थप
-
देउवा र पौडेल पक्षको चाक्सीवारी वार्ता : नेविसंघ नेतृत्व सहमति मै ल्याउने तयारी
-
धनकुटामा मृतकको शव सडकमा तेस्राएर प्रदर्शन, कोशी राजमार्ग अवरुद्ध
-
स्थायी कमिटीका लागि नेकपा सचिवायले तय गर्यो ५ एजेन्डा
-
फिलिपिन्सको मिन्डानाओमा ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
-
मिस वर्ल्ड २०१९ को उपाधि जमैकाकी टोनीलाई
-
सिन्धुपाल्चोक दुर्घटना, ज्यान गुमाउनेको संख्या १३ पुग्यो
-
नेपाल–भारत सीमा विवादले ल्याएको तरंग
-
अकुपाईं टुंडिखेल अभियान अन्तर्गत आज खुलामञ्चको सरसफाई
-
महिला फुटबलको फिफा वरियतामा नेपालको तीन स्थान सुधार
-
छिट्टै ब्रेक्जिट बिषय टुंगिने बेलायती प्रधानमन्त्री जोनसनको अपेक्षा
-
वरिष्ठ नेता पौडेल भेट्न बोहराटार पुगे सभापति देउवा