कुवेतविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

कुवेतविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा
शुक्रबार, कार्तिक २९, २०७६

काठमाडौं-अनुभवी स्टाइकर भरत खवासको राष्ट्रिय फुटबल टोलीमा पुनरागमन भएको छ । उनी फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ छनोट अन्तर्गत कुवेतसँग खेल्ने नेपाली टोलीमा अटाएका छन् ।

खवासले पुनरागमन गरेको टोलीमा मिडफिल्डर मिक्चेन तामाङ पनि राष्ट्रिय टोलीमा परेका छन् । मुख्य प्रशिक्षक योहान कालिनले घोषणा गरेको २३ सदस्यीय टोदलीले मंसिर ३ गते भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा कुवेतसँग खेल्नेछ ।

नेपालको होम गेम रहेपनि दशरथ रंगशाला निर्माणाधिन अवस्थामा रहेको हुँदा नेपालले तटस्थ भूमिका रुपमा भुटान छानेको हो ।
नेपाली टोली

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डर : रोहित चन्द, सुनिल बल, रवी पासवान, अन्जन बिष्ट, सुजल श्रेष्ठ, बिक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, मिक्छेन तामाङ
फरवार्ड : भरत खवास, विमल घर्ति मगर, अविशेक रिजाल, नवयुग श्रेष्ठ