गौर कारागारमा राखेर अनुसन्धान हुने

थुनामै राखेर अनुसन्धान गर्न अदालतको आदेश

गौर कारागारमा राखेर अनुसन्धान हुने
शुक्रबार, कार्तिक २९, २०७६

रत्न अधिकारी

रौतहट- कांग्रेस सांसद मोहमद अफताब आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

८ दिन लामो थुनछेक बहसपछि न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो।

अब अदालतले सरकारी साक्षी र आलमका साक्षीहरूको बयान लिएपछि आलमको मुद्दामा अदालतले फैसला गर्ने छ। बम विस्फोटमा परेर घाइते भएकाहरूलाई प्रमाण समेत नष्ट हुने गरी जिउँदै इँट्टाभट्टामा हालेर जलाएको अभियोग लगाएर सरकारी वकिल कार्यालयले उनीविरूद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरेको थियो।

१२ वर्षअघि भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट गराएर मान्छे मारेको अभियोग लागेका निर्मम तरिकाले हत्या गरेको अभियोग लागेकामा आलमसहित उनका भाइ महम्मद अफताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज भन्ने शेष सराज, शेख फजलेहक, सगिर आलम, शेख जुमईन भन्ने शेख मलकार, गौरीशंकर साह, बद्री सहनी र मुक्ति साह छन्।

आलम गौर कारागार चलान भएका छन्।