राजसंस्थाको माग गर्दै सत्याग्रह

राजसंस्थाको माग गर्दै सत्याग्रह
आइतवार, मंसिर १, २०७६

काठमाडौं । राजसंस्था र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै काठमाडौंमा ७२ घण्टे सत्याग्रह शुरु भएको छ ।

स्वतन्त्र नागरिक समाजका संयोजक हेमविक्रम सिलवालले राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापना गर्ने मागसहित काठमाडौंको शान्ति वाटिकाका आज(आइतबार) बिहान ८ बजेदेखि ७२ घण्टे सत्याग्रह शुरु गरेका हुन ।

पूर्वराजा ज्ञानेन्द्र शाह तथा पूर्वरानी कोमलदेवी शाहको तस्वीर अंकित ब्यानरसहित शुरु गरिएको सत्याग्रहमा पूर्वराजावादी तथा शिव सेना नेपालमा आवद्ध अगुवाहरुको सहभागिता छ ।

मुलुकको निकास र विकासका लागि ९५ प्रतिशत नागरिकहरु हिन्दु रहेको मुलुकमा हिन्दु राष्ट्र पुनस्र्थापना र नेपालको निकास तथा विकासका लागि राजसंस्था कायम गर्न माग गर्दै सत्याग्रह शुरु गरिएको शिव सेना नेपालका केन्द्रिय सदस्य चीरणवीर प्रताप खड्काले जानकारी दिए ।

भारत तथा चीन दुवै मुलुकबाट नेपालको सुरक्षा खतरा औंल्याउँदै सचेत रहन सरकारलाई दवाव दिन सत्याग्रह शुरु गरिएको खड्काले बताए ।