ग्यास पाइपलाइन विष्फोट हुँदा ७ जनाको मृत्यु

ग्यास पाइपलाइन विष्फोट हुँदा ७ जनाको मृत्यु
आइतवार, मंसिर १, २०७६

ढाका । बंगलादेशको चट्टोग्राम शहरमा ग्यास पाइपलाइन विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ ।

आइतबार बिहान चट्टोग्राम शहरको पथरघाट क्षेत्रमा भएको विस्फोटमा अन्य १५ जना घाइते भएका छन् ।

पथरघाट ब्रिक फिल्ड रोडस्थित पाँच तले बरुवा भवनको भुई तल्लामा रहेको ग्यास पाइपलाइन विस्फोट भएको स्थानीय प्रहरीले जनाएको छ ।

घाइतेहरुको चट्टोग्राम मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ । विस्फोटले नजिकै भवनको गेट, भित्ता र एउटा गाडिमा क्षति गरेको प्रत्यक्षदर्शीले जनाएका छन् ।