श्रीलंका सातौं राष्ट्रपतिका रुपमा राजपाक्षे निर्वाचित

श्रीलंका सातौं राष्ट्रपतिका रुपमा राजपाक्षे निर्वाचित
आइतवार, मंसिर १, २०७६

काठमाडौं । श्रीलंकाको सातौं राष्ट्रपतिको रुपमा गोताबाया राजपाक्षे निर्वाचित भएका छन् ।

सत्तारुढ न्यू डेमोक्रेटिक फ्रन्ट पार्टीका उम्मेदवार सजिथ प्रेमदासलाई पराजित गर्दै श्रीलंका पोडुजना पेरमुना पार्टीका गोताबाया राजपाक्षे राष्ट्रपति भएका हुन् ।

५० प्रतिशत भन्दा बढी आवश्यक मत प्राप्त गर्दै राजापाक्षे राष्ट्रपतीय निर्वाचनमा विजयी भएका हुन् ।

सार्वजनिक गरिएको आधिकारिक नतिजा अनुसार राजापाक्षेले ५१ दशमलव ८१ प्रतिशत मत प्राप्त गरीसकेका छन् ।

प्रेमदासले नया“ राष्ट्रपति भएकोमा राजापाक्षेलाई बधाइ दिएका छन् । श्रीलंकाका रक्षा मन्त्रालयका पूर्वसचिव रहेका गोताबाया पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेका भाइ हुन् ।