सीमा विवादबारे भारतसँग वार्ता थाल्ने सरकारको तयारी

काठमाडौं । सीमा विवाद समाधानका लागि सरकारले भारतसँग वार्ता थाल्ने भएको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य सोमप्रसाद पाण्डेले सरकारले भारत सरकारसँग सीमा विवाद समाधानको लागि तत्काल वार्ता तथा छलफल अघि बढाउने तयारी गरेको स्पष्ट पारे ।
राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा नेता पाण्डेले सुगौली सन्धिमा नै भारतसँगको सीमाको बारेमा सबै कुरा टुँगो लगाईसकेको बताए ।
भारतीय सेनाले तत्काल उक्त नेपाली भुभाग छोड्न्पर्ने उनको भनाई छ । उनले वर्तमान सरकार ‘समृद्ध नेपाल र सुखी नेपाली’ नारालाई सार्थक तुल्याउने दिशामा लागिरहेको पनि जानकारी दिए ।
वर्तमान सरकार पूर्ण रुपमा सफल भएको दाबी गर्दै उनले दुई देशबीचको समस्या वार्ताबाट समाधान खोज्न तयार रहेको बताए ।
साक्षात्कारमा कांग्रेसका नेता डा. चन्द्र भण्डारीले देशका नेताहरुको सत्ता स्वार्थले गर्दा देश सुरक्षित हुन नसकेको टिप्पणी गरे। नेपालको सुरक्षा निकायपनि देशको सीमाप्रति संवेदनशील नभएको नेता भण्डारीको आरोप छ ।
त्यस्तै समाजवादी पार्टीका नेता डा. शिवजी यादवले भारत र चीन दुवै देशसँगको सीमा विवादलाई सरकारले कुटनीतिक पहलकदमीमार्फत हल गर्नुपर्ने आफूहरुको सुझाव रहेको बताए । संविधान संशोधन गर्नको लागि पनि आफ्नो पार्टी सरकारमा रहने निश्कर्ष पार्टीको हालै बसेको केन्द्रिय कार्यसमिति बैठकले निर्णय गरेको पनि नेता यादवले जानकारी दिए ।
राजपा नेपालका महामन्त्री केशब झाले चीनले नेपालको ११ ठाउँमा जमिन मिचेको आरोप लगाए । भारत र चीन दुवै देशसँग कुटनीतिक रुपमा सीमा विवाद हल गरिनुपर्ने झाको भनाई छ ।
-
द्रुतमार्ग निर्माणका क्रममा २७ हजार भन्दा बढि रूख काटिए
-
कांग्रेसमा देउवा-पौडेल द्वन्द्वको प्रभाव : केन्द्रीय समिति बैठक सोमबार पनि बस्न सकेन
-
देउवा र पौडेल पक्षको चाक्सीवारी वार्ता : नेविसंघ नेतृत्व सहमति मै ल्याउने तयारी
-
धनकुटामा मृतकको शव सडकमा तेस्राएर प्रदर्शन, कोशी राजमार्ग अवरुद्ध
-
स्थायी कमिटीका लागि नेकपा सचिवायले तय गर्यो ५ एजेन्डा
-
नेपाल–भारत सीमा विवादले ल्याएको तरंग
-
देशभर जाडो भढ्यो : मुस्ताङमा ताल जमे, खोला बग्न छोडे
-
विदेशीको आकर्षण बन्दै इलामका होमस्टे, गोठमा भकारो सोहोर्दै बस्दै
-
दक्षिण एसियाली खेलकुद ‘साग’ : ५१ मध्ये नेपाल आर्मी सम्बद्ध खेलाडीबाट २३ स्वर्ण पदक
-
९९७ उम्मेदवारले चुनावी खर्चको विवरण बुझाएनन्
-
फुटबलमा नेपाललाई स्वर्ण, भुटान २-१ ले पराजित
-
सैन्य विमान दुर्घटना, ३८ जनाको मृत्यु
-
सनिलको जीतसँगै नेपालले ५० औं स्वर्ण जित्यो
-
कर्मचारीले सांसदलाई हराए
-
ओखलढुंगाको टोड्केमा जीप दुर्घटना : १० जना घाइते दुईको अवस्था गम्भीर
-
कक्षा १२ को नतिजा सार्वजनिक
-
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
-
लोडसेडिङ गराउनेहरु फेरी सक्रिय हुदै : कुलमान घिसिङ
-
सिभिल होम्सको घर किन्दा पीडै पीडा, नयाँ किन्नेलाई यस्तो सुझाव (भिडियाे सहित)
-
बौद्धिक बर्गलाई नै ठग्यो सिभिल होम्सले, न्याय माग्दा उल्टै प्रहरीको कठघरामा
-
मन्त्रीको हातबाट सिलाई बुनाई मेसिन पाएपछि…
-
सिभिल होम्समा लगानी बालुवामा पानी, सिभिल ग्रुपले यसरी लुट्दै छ ग्राहक
-
दिल्लीका होटलबाट ७४ नेपाली युवतीको उद्धार (भिडियाे सहित)
-
भन्दा अनौठो, सुन्दा झन अचम्म, इमान्दारीताको यो उदाहरण(प्रमाण सहित)
-
कक्षा ११ को परीक्षाफल नतिजा सार्वजनिक
-
फाेर्ब्सको सूचीमा नेपालको सवैभन्दा धनी विनोद चौधरी, ज्ञानेन्द्र शाह १० औं नम्बरमा
-
कम परिणामको तेल बेच्ने पेट्रोल पम्पमा सिलबन्दी
-
सुसाइड भिडियो बनाएर बिदा भए पुडासैनी
-
बिहेका लागि केटा नपाएपछि सामुहिक रूपमा बिहेका लागि अपिल
-
मुलुकलाई कानुन बनाउन चटारो, सभामुखलाई विदेश जान हतारो !
-
द्रुतमार्ग निर्माणका क्रममा २७ हजार भन्दा बढि रूख काटिए
-
कांग्रेसमा देउवा-पौडेल द्वन्द्वको प्रभाव : केन्द्रीय समिति बैठक सोमबार पनि बस्न सकेन
-
२०७७ सालको अन्त्यमा पार्टीको महाधिवेशन गर्ने नेकपाको तयारी
-
बलात्कारको आरोपमा पक्राउ परेका कृष्णदाशलाई पुन चौथो पटक म्याद थप
-
देउवा र पौडेल पक्षको चाक्सीवारी वार्ता : नेविसंघ नेतृत्व सहमति मै ल्याउने तयारी
-
धनकुटामा मृतकको शव सडकमा तेस्राएर प्रदर्शन, कोशी राजमार्ग अवरुद्ध
-
स्थायी कमिटीका लागि नेकपा सचिवायले तय गर्यो ५ एजेन्डा
-
फिलिपिन्सको मिन्डानाओमा ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
-
मिस वर्ल्ड २०१९ को उपाधि जमैकाकी टोनीलाई
-
सिन्धुपाल्चोक दुर्घटना, ज्यान गुमाउनेको संख्या १३ पुग्यो
-
नेपाल–भारत सीमा विवादले ल्याएको तरंग
-
अकुपाईं टुंडिखेल अभियान अन्तर्गत आज खुलामञ्चको सरसफाई
-
महिला फुटबलको फिफा वरियतामा नेपालको तीन स्थान सुधार
-
छिट्टै ब्रेक्जिट बिषय टुंगिने बेलायती प्रधानमन्त्री जोनसनको अपेक्षा
-
वरिष्ठ नेता पौडेल भेट्न बोहराटार पुगे सभापति देउवा