प्रचण्ड भेट्न खुमलटार पुगे नेता नेपाल, के भयो छलफल ?

प्रचण्ड भेट्न खुमलटार पुगे नेता नेपाल, के भयो छलफल ?
सोमवार, मंसिर २, २०७६

काठमाडौं । मन्त्रीमण्डल हेरफेर तथा समसामयिक विषयबारे निर्णय लिन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री माधब नेपालबीच प्रचण्ड निवास खुमलटारमा करिब ४५ मिनेट भेटवार्ता भएको छ ।

प्रधानमन्त्री केपी ओली मन्त्रिमण्डल पुनर्गठनको तयारीमा जुटिरहँदा प्रचण्ड र नेपालबीच भेटघाट भएको हो । छलफलका लागि सोमबार बिहान नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, उर्जामन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठलगायतका नेताहरु उपस्थित थिए ।

भेटवार्तामा सुरुङमार्ग, हाइड्रो पावर लगात विषयमा छलफल भएको भनिए पनि मन्त्रिमण्डल पुनर्गठमा सम्भावित नयाँ मन्त्रीको विषयमा छलफल केन्द्रित रहेको जनाइएको छ । प्रधानमन्त्री ओलीले प्रचण्डसँगको छलफलपछि फालिने र मन्त्रिपरिषदमा ल्याइने नयाँ मन्त्रीका विषयमा अन्तिम निर्णय लिने तयारी गरेका छन् ।

प्रधानमन्त्री ओलीले ६० मेगावाटको त्रिशूली थ्री ‘ए’ जलविद्युत परियोजनाको आज सिंहदबारबाटै उदघाटन कार्यक्रम सकएपछि प्रचण्डसँग भेट्नेछन् ।