माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको उद्घाटन

माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको उद्घाटन
सोमवार, मंसिर २, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ६० मेगावाट क्षमताको ‘माथिल्लो त्रिशूली थ्री ए’ जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन् ।

रसुवा र नुवाकोटमा निर्माण सम्पन्न भएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको प्रधानमन्त्री ओलीले आफ्नो कार्यालयभित्र रहेको ‘वार रुम’बाट स्वीच थिचेर र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेबाट एकसाथ उदघाटन गरेका हुन् ।

त्रिशुली ३ ए बाट ९० मेगावाट विद्युत उत्पादन गर्ने योजना भएपनि जनताको अनावश्यक अवरोध तथा मुआब्जा मागका कारण आयोजनाको लागत बढी आएकाले ६० मेगावाट मात्र उत्पादन गर्न सकिएको प्रधानमन्त्री ओलीले बताए ।

आयोजनाको पहिलो र दोस्रो युनिट (३०/३०) मेगावाटबाट क्रमशः गत ३ जेठ र १७ साउनबाट परीक्षण उत्पादन सुरु भएको थियो । सोमबार उदघाटन भएसँगै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु भएको छ ।