उपप्रधानमन्त्री यादव भारत प्रस्थान

उपप्रधानमन्त्री यादव भारत प्रस्थान
सोमवार, मंसिर २, २०७६

काठमाडौं । सरकारमा रहेको समाजवादी पार्टीका अध्यक्ष तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव दिल्ली भ्रमणमा निस्किएका छन् । उपप्रधानमन्त्री समेत रहेका यादव पार्टीको संघीय परिषद् एवम् केन्द्रीय समिति बैठक सम्पन्न भएलगत्तै साताव्यापी भ्रमणका लागि भारत प्रस्थान गरेका हुन् ।

औषधी व्यवस्थापनसम्बन्धी कार्यक्रममा भाग लिन उनी भारत जान लागेको मन्त्रीको सचिवालयले जनाएको छ । तीनदिने कार्यक्रमका लागि साताव्यापी भ्रमणमा निस्किएका यादवको भारत भ्रमणका क्रममा राजनीतिक स्तरको छलफल समेत हुने सम्भावना रहेको छ ।