भैरहवामा चिनिया राष्ट्रपतिको पुत्ला दहन

भैरहवामा चिनिया राष्ट्रपतिको पुत्ला दहन
मङ्लबार, मंसिर ३, २०७६

भैरहवा– नेपालको भूमि अतिक्रमण गरेको भन्दै भैरहवाका स्थानीय युवाहरुले चिनियाँ राष्ट्रपति सी चीन फिङको पुत्ला दहन गरेका छन् ।

उनीहरुले चीनले नेपाली भूमि मिचेको तथा सगरमाथाको सीमाना हडपेको आरोप लगाउँदै चिनियाँ राष्ट्रपतिको पुत्ला जलाएका हुन् ।

‘गो ब्याक चाइना प्रेसिडेन्ट, नेपाली भूमि फिर्ता गर लगायतका प्ले कार्ड बोकेर उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।