सरकारका २१ महिना : २१ असफलता सार्वजनिक गर्दै कांग्रेस

२१ युवा नेताले सार्वजनिक गर्ने

सरकारका २१ महिना : २१ असफलता सार्वजनिक गर्दै कांग्रेस
मङ्लबार, मंसिर ३, २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार गठनको २१ महिनाको २१ असफलता सार्वजनिक गर्ने भएको छ ।

पार्टी कार्यालय सानेपामा आज कांग्रेसले पत्रकार सम्मेलन गर्दै सरकार गठन भएको २१ महिनामा विभिन्न २१ वटा असफलता सार्वजनिक गर्न लागेको हो ।

कांग्रेसका अनुसार २१ महिनाका २१ असफलता कांग्रेसका २१ जना युवा नेताले संयुक्त रुपमा सार्वजनिक गर्नेछन् ।

कांग्रेसले वर्तमान सरकारे शान्तिसुरक्षा मजबुत बनाउन नसकेको, सन्तुलित विदेश नीति सञ्चालन गर्न नसकेकोजस्ता लगाएतका आरोप लगाउँदै आएको छ ।