नेकपा सचिवालय वैठक बस्दै,मन्त्रिपरिषद् पुनर्गठनवारे छलफल हुने

नेकपा सचिवालय वैठक बस्दै,मन्त्रिपरिषद् पुनर्गठनवारे छलफल हुने
बुधबार, मंसिर ४, २०७६

नेकपा सचिवालयको आज दिउँसो बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साढे १२ बजेका लागि बैठक बोलाइएको कार्यालय सचिव इश्वरी रिजालले जानकारी दिनुभयो ।

बैठकमा पार्टी एकताका बाँकी कामका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने उहाँले बताउनुभयो । यसअघि बैठक विहान ९ बजेका लागि बैठक बोलाइएको भएपनि नेताहरूको कार्यव्यस्तताको कारण बैठक दिउँसोका लागि सारिएको हो । आजको बैठकमा मन्त्रिपरिषदको हेरफेरका विषयमा पनि छलफल हुने श्रोतले बतायो ।

प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद् पुनर्गठन गर्ने भनेर हिजोको मन्त्रिपरिषदमा जानकारी दिइसकेका छन् ।

नेकपा एकताको अधिकांश काम सकिए पनि केही काम अझै बाँकी छन् । गत आइतबार बसेको सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गरेको थियो ।