अपहरण गरिएको भनिएको ट्यांकर तेल खन्याइएको अवस्थामा फेला

अपहरण गरिएको भनिएको ट्यांकर तेल खन्याइएको अवस्थामा फेला
बुधबार, मंसिर ४, २०७६

धनुषा–सिरहाको लहानबाट अपहरण गरिएको भनिएको नेपाल आयल निगमको ट्याङ्कर फेला परेको छ ।

मंगलवार साझ गायव भएको  ट्याकंर धनुषाको सपहीमा फेला परेको हो । भेटिएको ट्यांकरमा तेल खन्याइएको छ ।  तेल कहाँ खन्याइयो भन्ने खुलेको छैन ।

निगमको इन्धन डिपो अमलेखगञ्जबाट मंसिर १ गते २० हजार डिजेल लोड ना४ख ४१६३ नम्बरको ट्यांकर लहानबाट सोमबार राति ११ गायब भएको थियो । लहान पुगेपछि ट्यांकरलाई एक समूहले रोकेर चालकसहित गायब पारेको थियो । ट्याकर गायब भएको केही समयपछि चालक रामदेव यादव र सहचालक उमेश यादव सम्पर्कमा आएका थिए ।

टयांकरका चालक रामदेव यादव र सह–चालक उमेश यादवलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले  जानकारी दिएको छ  ।

नेपाल आयल निगमले पनि घटनाबारे छानबिन गर्न इञ्जिनियर अशोक साहको संयोजकत्वमा ४ सदस्यीय छानबिन टोली गठन गरेको छ ।