सबै सचिव अख्तियारमा : कार्यविधिमा छलफल भन्दै डाक्यो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

सबै सचिव अख्तियारमा : कार्यविधिमा छलफल भन्दै डाक्यो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले
बुधबार, मंसिर ४, २०७६

काठमाडौं- अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले सबै मन्त्रालयका सचिवलाई बोलाएर छलफल थालेको छ। कार्यविधिका विषयमा भन्दै अख्तियारले बोलाएपछि सबै मन्त्रालयका सचिवहरु अख्तियार पुगेका छन्।

‘कार्यविधिका विषयमा छलफल भन्दै अख्तियारले डाकेको छ र हामी जाँदैछौ,’ अख्तियार जाँदै गर्दा एक सचिवले भने, ‘कार्यविधिका विषयमा छलफल गर्ने भनिएपनि थप छलफलका विषयबारे जानकारी गराइएको छैन।’ उनले सबै मन्त्रालयका सचिलाई एकसाथ बोलाएकोले अख्तियारले केही निर्देशन दिने तयारी भएको हुनसक्ने अनुमान गरे।