नेकपा सचिवालय बैठक निर्णय : ओलीलाई सरकार, प्रचण्डलाई पार्टीको जिम्मेवारी

नेकपा सचिवालय बैठक निर्णय : ओलीलाई सरकार, प्रचण्डलाई पार्टीको जिम्मेवारी
बुधबार, मंसिर ४, २०७६

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालय बैठकले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार सञ्चालन र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको जिम्मेवारी दिने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार दिउँसो बसेको नेकपा सचिवालय बैठकले सरकारको नेतृत्व पार्टी अध्यक्ष केपी ओली र पार्टीको नेतृत्व अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले गर्ने निर्णय गरेको हो।

बैठकबारे जानकारी दिँदै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालयले सरकारको जिम्मेवारी पार्टी अध्यक्ष केपी ओली र पार्टीको जिम्मेवारी प्रचण्डलाई दिने निर्णय गरेको बताए ।

प्रवक्ता श्रेष्ठले मन्त्रिमण्डल हेरफेरबारे भने बैठकमा कुनै छलफल नभएको दाबी गरे । ‘मन्त्रिमण्डल हेरफेर प्रधानमन्त्रीको विशेषाधिकार भएका कारण आजको बैठकमा यसबारेमा कुनै छलफल भएन’ प्रवक्ता श्रेष्ठले भने ।