कन्याममा बढ्न थाले पर्यटक

कन्याममा बढ्न थाले पर्यटक
बुधबार, मंसिर ४, २०७६

बिनु खड्का

इलाम । सुदुरपूर्वको पर्यटकीय स्थल कन्याममा दैनिक हजारौको संख्यामा पर्यटकहरु आउने गरेका छन् ।

पर्यटकीय नगरी सूर्योदय नगरपालिकामा रहेको कन्याममा बाह्य पर्यटकहरु घुम्न पुग्नेगरेका छन् भने आन्तरिक पर्यटकहरु, घुमफिरका साथै बनभोज खान विभिन्न जातीको भेष भुषा झल्कने कार्यक्रम लिएर फोटो खिच्नका लागि समेत पुग्नेगरेका छन् ।

पछिल्लो समय कन्याममा बिभिन्न जिल्लाबाट विद्यालय तथा क्याम्पसका विद्यार्थीहरु अवलोकन भ्रमणका लागि पुग्नेगरेका छन् । बिभिन्न जात जातिको संस्कृति झल्कले पोसाक र संगितमा भिडियो तथा फोटा सुटका लागि समेत आन्तरिक पर्यटकहरु इलाम पुग्ने गरेका छन् ।

आफ्नो जाती अनुसारको कपडा लगाएर फोटो खिच्न र आफ्नो जातिको अस्तित्व बचाउन पाउँदा पर्यटकहरु पनि खुशी ब्यक्त गर्नेगरेका छन् ।

पर्यटन वर्ष २०२० लाई सफल पार्नका लागि कन्यामका बासिन्दा, व्यवसायी लगायत जनप्रतिनधीहरुसमेत एकजुट भएका छन् । उनीहरु पर्यटक भित्र्याउन आफूले गर्नुपर्ने काममा एकताबद्ध भएर जुटेका छन् ।

इलामका विभिन्न पर्यटकीय स्थानको केन्द्रको रुपमा चिनिएको कन्याममा व्यवसायीहरुले जातीय पोशाकको व्यवस्था गरेका छन् । त्यही पोसाक लगाउन र फोटो तथा भिडियो खिच्नका लागि मात्र पनि धेरै पर्यटकहरु कन्याम पुग्नेगरेका छन् ।

स्वदेशी र विदेशी पर्यटकहरुको उत्तिकै आकरर्ष देखिएको कन्याममा दैनिक हजार बढी पर्यटक पुग्नेगरेका छन् । जातीय पोसाकको केन्द्रको रुपमा चिनिएको कन्यामलाई अझै व्यवस्थित र परिचित बनाउन स्थानीयबासी र जन प्रतिनिधिले समन्वयमा काम गरिरहेका छन् ।