कास्की क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी : सत्तारुढ र प्रतिपक्षी दलका उम्मेद्वारबीच कडा प्रतिस्पर्धा

सुबास पौडेल
कास्की–प्रतिनिधिसभा सदस्य चयनका लागि कास्की क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनका लागि चुनावी सरगर्मी बढेको छ ।
चुनावी प्रतिस्पर्धामा उत्रिएका उम्मेद्वारमध्ये सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाकी नेतृ विद्या भट्टराई अधिकारी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता खेम पौडेल सबैभन्दा बढी चर्चामा छन् ।
कास्की क्षेत्र नम्बर २ का जनता तथा राजनीतिक विश्लेषकहरुले पनि यस पटकको निर्वाचनमा यी नै दुई नेतृत्वमध्ये एकले विजयी हासिल गर्ने विश्लेषण गरेका छन् ।
तर, चुनावी अभियामा रहेका दुवै उम्मेद्वारले भने आफ्नो जीत निश्चित रहेको दाबी गर्दै आफ्नो चुनावी एजेन्डा र भविष्यमा कास्कीको विकासका लागि चाल्ने कदमसहितका योजनाले जनताले आफूलाई विश्वास गर्ने बताउँदै आएका छन् ।
तत्काली संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका रवीन्द्र अधिकारी ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएपछि रिक्त रहेको यो स्थानमा उपनिर्वाचनमार्फत नयाँ नेतृत्व आउने छ ।
त्यसैले पनि यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ । अघिल्लो चुनावमा रवीन्द्र अधिकारीले जितेको अधिकारीकै एजेन्डा र त्यसमा थपिएको केही एजेन्डा पूरा गर्न आफू चुनावी मैदानमा उत्रिएको स्वर्गीय अधिकारीकी पत्नीसमेत रहेकी विद्या भट्टराई अधिकारीले बताएकी छन् ।
सगरमाथा टेलिभिजनसँगको कुराकानीका क्रममा उनले भनिन्, ‘अहिले हामी घरदैलो, कोणसभा गर्दै, जनतासमक्ष आफ्नो एजेन्डासहित कुराकानी गरिरहेका छौं । जनताको माया र विश्वास पाएको छु । आशावादी छु । मैले जनताको मत पाउनेछु ।’
उनले स्वर्गीय अधिकारीले देखेको समृद्ध नेपाल सुखी नेपालीको अभियान नै अहिलेको आफ्नो एजेन्डा रहेको बताइन् । त्यस्तै पोखरालाई पर्यटकीय नगरी बनाउने अभियानमा आफू लाग्ने पनि उनले प्रतिबद्धता जनाइन् ।
पार्टीले आफूलाई दिएको जिम्मेवारी गहनताका साथ पूरा गर्ने भन्दै उनले भनिन्, ‘पार्टीले सर्वसम्मत रुपमा मलाई उम्मेद्वार बनाएको छ । मैले हिजो राजनीतिमा गरेको योगदान र स्वर्गीय रवीन्द्र अधिकारीले नेपाली राजनीतिमा पुर्याएको योगदानलाई पार्टीले कदर गरेको छ । पार्टीले महिला नेतृत्वलाई पनि अघि बढाउनुपर्छ भन्ने सोचले पनि मलाई उम्मेद्वार बनाएको हो । म पार्टी र जनताको विश्वासलाई टुट्न दिने छैन् ।’
अधिकारीले आफ्नो जीत निश्चित रहेको दाबी गरिरहँदा नेपाली कांग्रेसका उम्मेद्वार खेम पौडेलले पनि जनताको मत आफूले पाउने र चुनाव आफ्नै पक्षमा हुने बताएका छन् ।
सगरमाथासँगको कुराकानीका क्रममा उनले दुईतिहाई मतसहितको नेकपा नेतृत्वको सरकारप्रति जनता उदासिन भएकोले अब जीत कांग्रेसको हुने दाबी गरे ।
‘चुनावी अभियानका क्रममा हामीले जनताको सुभेच्छा पाएका छौं । अब नेतृत्वमा कांग्रेस आउनुपर्छ भन्ने सबैको माग छ । उहाँहरुकै मुद्दालाई हामीले हाम्रो मुद्दा बनाएका छौं । त्यसैले पनि जीत हाम्रै पक्षमा हुनेछ,’ उनले भने, ‘मेरो अबको प्रतिस्पर्धा व्यक्ति होइन सत्तासिन दल हो । सत्तामा पुगेको दलले जनताका एजेन्डा बिर्सिएकाले जनताले विकल्प खोज्नुहुन्छ भन्ने मेरो बुझाई ।’
उनले कास्कीलाई सम्मुन्नत बनाउन आफू र आफ्नो दल दृढ भएर लाग्ने पनि बताए ।
-
द्रुतमार्ग निर्माणका क्रममा २७ हजार भन्दा बढि रूख काटिए
-
कांग्रेसमा देउवा-पौडेल द्वन्द्वको प्रभाव : केन्द्रीय समिति बैठक सोमबार पनि बस्न सकेन
-
देउवा र पौडेल पक्षको चाक्सीवारी वार्ता : नेविसंघ नेतृत्व सहमति मै ल्याउने तयारी
-
धनकुटामा मृतकको शव सडकमा तेस्राएर प्रदर्शन, कोशी राजमार्ग अवरुद्ध
-
स्थायी कमिटीका लागि नेकपा सचिवायले तय गर्यो ५ एजेन्डा
-
नेपाल–भारत सीमा विवादले ल्याएको तरंग
-
देशभर जाडो भढ्यो : मुस्ताङमा ताल जमे, खोला बग्न छोडे
-
विदेशीको आकर्षण बन्दै इलामका होमस्टे, गोठमा भकारो सोहोर्दै बस्दै
-
दक्षिण एसियाली खेलकुद ‘साग’ : ५१ मध्ये नेपाल आर्मी सम्बद्ध खेलाडीबाट २३ स्वर्ण पदक
-
९९७ उम्मेदवारले चुनावी खर्चको विवरण बुझाएनन्
-
फुटबलमा नेपाललाई स्वर्ण, भुटान २-१ ले पराजित
-
सैन्य विमान दुर्घटना, ३८ जनाको मृत्यु
-
सनिलको जीतसँगै नेपालले ५० औं स्वर्ण जित्यो
-
कर्मचारीले सांसदलाई हराए
-
ओखलढुंगाको टोड्केमा जीप दुर्घटना : १० जना घाइते दुईको अवस्था गम्भीर
-
कक्षा १२ को नतिजा सार्वजनिक
-
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
-
लोडसेडिङ गराउनेहरु फेरी सक्रिय हुदै : कुलमान घिसिङ
-
सिभिल होम्सको घर किन्दा पीडै पीडा, नयाँ किन्नेलाई यस्तो सुझाव (भिडियाे सहित)
-
बौद्धिक बर्गलाई नै ठग्यो सिभिल होम्सले, न्याय माग्दा उल्टै प्रहरीको कठघरामा
-
मन्त्रीको हातबाट सिलाई बुनाई मेसिन पाएपछि…
-
सिभिल होम्समा लगानी बालुवामा पानी, सिभिल ग्रुपले यसरी लुट्दै छ ग्राहक
-
दिल्लीका होटलबाट ७४ नेपाली युवतीको उद्धार (भिडियाे सहित)
-
भन्दा अनौठो, सुन्दा झन अचम्म, इमान्दारीताको यो उदाहरण(प्रमाण सहित)
-
कक्षा ११ को परीक्षाफल नतिजा सार्वजनिक
-
फाेर्ब्सको सूचीमा नेपालको सवैभन्दा धनी विनोद चौधरी, ज्ञानेन्द्र शाह १० औं नम्बरमा
-
कम परिणामको तेल बेच्ने पेट्रोल पम्पमा सिलबन्दी
-
सुसाइड भिडियो बनाएर बिदा भए पुडासैनी
-
बिहेका लागि केटा नपाएपछि सामुहिक रूपमा बिहेका लागि अपिल
-
मुलुकलाई कानुन बनाउन चटारो, सभामुखलाई विदेश जान हतारो !
-
द्रुतमार्ग निर्माणका क्रममा २७ हजार भन्दा बढि रूख काटिए
-
कांग्रेसमा देउवा-पौडेल द्वन्द्वको प्रभाव : केन्द्रीय समिति बैठक सोमबार पनि बस्न सकेन
-
२०७७ सालको अन्त्यमा पार्टीको महाधिवेशन गर्ने नेकपाको तयारी
-
बलात्कारको आरोपमा पक्राउ परेका कृष्णदाशलाई पुन चौथो पटक म्याद थप
-
देउवा र पौडेल पक्षको चाक्सीवारी वार्ता : नेविसंघ नेतृत्व सहमति मै ल्याउने तयारी
-
धनकुटामा मृतकको शव सडकमा तेस्राएर प्रदर्शन, कोशी राजमार्ग अवरुद्ध
-
स्थायी कमिटीका लागि नेकपा सचिवायले तय गर्यो ५ एजेन्डा
-
फिलिपिन्सको मिन्डानाओमा ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
-
मिस वर्ल्ड २०१९ को उपाधि जमैकाकी टोनीलाई
-
सिन्धुपाल्चोक दुर्घटना, ज्यान गुमाउनेको संख्या १३ पुग्यो
-
नेपाल–भारत सीमा विवादले ल्याएको तरंग
-
अकुपाईं टुंडिखेल अभियान अन्तर्गत आज खुलामञ्चको सरसफाई
-
महिला फुटबलको फिफा वरियतामा नेपालको तीन स्थान सुधार
-
छिट्टै ब्रेक्जिट बिषय टुंगिने बेलायती प्रधानमन्त्री जोनसनको अपेक्षा
-
वरिष्ठ नेता पौडेल भेट्न बोहराटार पुगे सभापति देउवा