प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गरे, को-को बने नयाँ मन्त्री ?

प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गरे, को-को बने नयाँ मन्त्री ?
बुधबार, मंसिर ४, २०७६

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । ओलीले केही मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गरेका छन्। त्यस्तै केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन्।

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय खोसेर नेकपा नेता भानुभक्त ढकाललाई दिइएको छ । कानुनमन्त्री ढकाल स्वास्थ्यमन्त्री बन्ने भएका छन् भने उपेन्द्र यादव कानुनमन्त्री हुँदैछन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, कृषिमन्त्री चक्रपाणि खनाल र उद्योगमन्त्री मातृका यादव मन्त्रीबाट हटाइएका छन्।

उनीहरूको ठाउँमा क्रमशः बसन्त नेम्वाङ, हृदयश त्रिपाठी, पार्वत गुरुङ, घनश्याम भुषाल र लेखराज भट्ट नियुक्त भएका छन्।

को को बने नयाँ मन्त्री ?