किन घट्यो विद्युत खपत ?

सर्वसाधारणलाई विद्युत प्रयोग गर्न आग्रह गर्दै प्राधिकरण

किन घट्यो विद्युत खपत ?
बिहिबार, मंसिर ५, २०७६

शान्ता दनुवार

काठमाडौं । नेपाल बिद्युत प्राधिकरणको प्रसारण प्रणालीमा उपलब्ध विद्युत् खपतको मात्रा नबढेपछि प्राधीकरणले आम उपभोक्तालाई विधुतीय चुल्हो लगाएत विद्युत खपत हुने सामाग्री प्रयोग गर्न आग्रह गर्न थालेको छ ।

दुई वर्ष अघिसम्म बिद्युत् खपत कम गरौं, अत्यावाश्यक अवस्थामा वाहेक बिजुली नबालौं भन्ने प्राधिकरण अहिले उत्पादन बढेपछि उपभोक्तालाई बढी बिजुली खपत गर्न आह्वान गर्नेै अवस्थामा पुगेको छ ।

तीन वर्ष अघि सम्म लोडसेडिङ बढेको निराशाजनक सूचना निकालेर बस्ने नेपाल विद्युत् प्राधिकरण अहिले विद्युत खपत बढाउन आम उपभोक्तालाई आग्रह गर्ने अवस्थामा पुगेको छ ।

प्राधिकरणले उपभोक्ताले चाहे जति विद्युत् प्रयोग गर्न पाउने गरी हरेक वितरण ट्रान्सफर्ममा विद्युतको लोड ५० प्रतिशतभन्दा माथि नरहने गरी नयाँ ट्रान्सफर्मर थप्ने र स्तरोन्नति गर्दै विद्युत् खपतको योजना अगाडि सारेको हो ।

यस्तै, प्राधिकरणले विद्युत वितरणलाई प्रभावकारी र थप बिश्वासीलो बनाउन प्रसारण लाइनको संरचनामा समेत सुधार थालेको छ । विद्युत प्राधिकरण विद्युत उत्पादन दिनदिनै थपिन थालेपछि बजार खोजीरहेको बेला आम उपभोक्ता भने विद्युत महसुल पुनरावलोकन गरिए स्वतः खपत बढ्ने बताउंछन् ।

अहिले प्राधिकरणको प्रसारण प्रणालीमा आफ्नै आयोजनाबाट १० हजार ६४२ मेगावाट प्रति घण्टा, निजी क्षेत्रबाट नौ हजार ३२१ मेगावाट प्रति घण्टा विद्युत् उपलब्ध छ । चालू आर्थिक वर्षको अन्त्यसम्म प्राधिकरणको प्रणालीमा उपलब्ध हुने विद्युतको मात्रा अरु थपिने छ ।

त्यस आधारमा पनि विद्युत् प्राधिकरणसंग साधारण उपभोक्ता मै खपत बढाउनुपर्ने दवाव छ । मुलुकमा ठूलो उद्योग नखुलेको र औद्योगीक ग्रहाकको खपत समेत बढ्न नसकेको अवस्थामा प्राधिकरणले सम्पूर्ण ट्रान्सफर्मरमा विद्युतको लोड ५० प्रतिशतभन्दा माथि नरहने गरी ट्रान्सफर्मर थप तथा स्तरोन्नतिको काम अघि बढाएको छ ।

आम उपभोत्तालाई विद्युत् खपत बढाउँन प्रेरित गर्ने र ग्यांस लगायतका आयातित् ईन्धनको खपत निरुत्साहित गर्दै लानु पर्ने विद्युत महशुल निर्धारण आयोगका पूर्वअध्यक्ष जगतबहादुर भुषाल बताउँछन् ।

यता विद्युत प्राधिधकरणले पनि यही रणनीति अनुसार बेग्लै कार्ययोजना बनाईरहेको जनाएको छ । यता विद्युत प्राधिकरण सम्वद्ध अधिकारीहरु अहिले विद्युत खपत नघटेको तर पनि उपभोक्तालाई वातावरण मैत्री विद्युतीय सामाग्री प्रयोगमा प्रोत्साहित गर्नुपर्ने विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह बताउंछन्।

तत्काल आन्तरिक खपतमा गुणत्मक बृद्धि नगरिए प्राधिकरण र निजी क्षेत्रबाट उत्पादीत् विजुली उसै खेर जाने र प्राधिकरणले निरन्तर घाटा व्यहोर्नुपर्ने अवस्थामा तत्काल वितरण प्रणाली सुधार र विद्युत महसुल पुनरावलोकन नै प्राधिकरणको अघिल्तिरको विकल्प हो ।