हङकङको मानवअधिकार सम्बन्धी विधेयक पारित

हङकङको मानवअधिकार सम्बन्धी विधेयक पारित
बिहिबार, मंसिर ५, २०७६

काठमाडौं । अमेरिकाकी संसदले हङकङको मानवअधिकार सम्बन्धी विधेयक पारित गरेको छ ।

हङकङमा प्रदर्शनकारीको समर्थनमा अमेरिकी संसद हाउस अफ रिप्रिजेन्टेटिभ्स्ले दुईवटा हङकङ मानवअधिकार तथा प्रजातन्त्र ऐन पारित गरेको हो ।

संसदले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षरका लागि विधेयक ह्वाइट हाउस पठाएको छ । बुधबार संसदमा हङकङ मानवअधिकार विधेयकको पक्षमा चार सय १७ मत खसेको थियो ।

विपक्षमा भने जम्मा एक मत परेको थियो । विधेयकले हङकङमा मानवअधिकार उल्लंघन गर्नेलाई अमेरिकाले प्रतिबन्ध लगाउने अधिकार दिएको छ ।

त्यस्तै विधेयकले अश्रु ग्यास, रबरको गोली जस्ता सामाग्रीहरु हङकङ प्रहरीलाई अमेरिकाले बिक्रि गर्न पनि निषेध गरेको छ ।