एनसेलबारे सर्वोच्चको फैसला, राज्यकोषलाई १८ अर्व घाटा (फैसलाको पूर्णपाठ)

एनसेलबारे सर्वोच्चको फैसला, राज्यकोषलाई १८ अर्व घाटा (फैसलाको पूर्णपाठ)
बिहिबार, मंसिर ५, २०७६

काठमाडौं । एनसेलले २१ अर्ब १० करोड ३९ लाख पाँच सय ६५ रुपैयाँ मात्र पुँजीगत लाभकर तिर्नुपर्ने सर्वोच्च अदालतले फैसला गरेको छ ।

न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासबाट यस्तो फैसला भएको हो । एनसेलले सो रकम मात्र तिर्नुपर्ने सर्वोच्चको फैसलाको पूर्णपाठ सार्वजनिक गरिएको छ ।

न्यायाधीश माथेमाले भने फरक मत राखेकी छन् । उनले ठूला करदाता कार्यालयले निर्धारण गरे अनुसार नै एनसेलले कर तिर्नुपर्ने भन्दै फरक मत राखेकी हुन् ।

सर्वोच्चको फैसलाले राज्यकोषलाई १८ अर्व घाटा हुनेछ ।

हेर्नुहोस फैसलाको पूर्णपाठ