समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षालाई पूरा गर्न केन्द्रित रहें ः बुढा

समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षालाई पूरा गर्न केन्द्रित रहें ः बुढा
शुक्रबार, मंसिर ६, २०७६

निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री धन बहादुर बुढाले आफ्नो क्षमाताले भ्याएसम्म समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षालाई पुरा गर्न लागिपरेको बताएका छन् ।
मन्त्रीपरिषद् पुर्नगठन भएसंगै बाहिरिएका राज्यमन्त्री बुढाले आगामि दिनमा पनि इमान्दार र कर्तव्यनिष्ठ रहेर काम गरेको बताएका छन् . एक प्रेस विज्ञप्ती निकाल्दै राज्यमन्त्री बुढाले आफु जुनसुकै स्थान र भूमिकामा रहेपनि पार्टी र सरकारले दिने जिम्मेवारीलाई प्रभावकारी रुपमा सम्पादन गर्ने उल्लेख गरेका छन् ।
२०७४ सालको दोश्रो संविधानसभा र २०७४ को चुनावमा डोल्पाबाट निर्वाचित भएका बुढा २०७४ साल चैत्र ३ गते संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री नियुक्त भएका थिए । २१ महिना राज्यमन्त्री बनेका बुढा नेकपाका यूवा नेता समेत हुन्् ।