हिलेमा ट्याक्टर दुर्घटना, २ को मृत्यु

हिलेमा ट्याक्टर दुर्घटना, २ को मृत्यु
शुक्रबार, मंसिर १३, २०७६

रबिन कट्टेल
धनकुटा । धनकुटाको हिलेमा भएको ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित २ जनाको मृत्यु भएको हो ।

उत्तिसको गोलिया लिएर त्रिसुलेबाट हिलेतर्फ जाँदै गरेको को.२ त.७८२१ नम्बरको ट्याक्टर धनकुटा–१ हिले सिरानस्थित होराईजन होटल नजिक दिउँसो करिव १ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्याक्टर चालक धनकुटा–१ सिजाली गाउँका ४० बर्षीय राजकुमार सिजाली मगर र सह–चालक २८ बर्षीय दलमान सिजाली मगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

चालक राजकुमारको घटनास्थलमै र सह–चालक दलमानको उपचारका लागि हिले तर्फ लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । मृतकको शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल पठाईएको छ ।

ओरालो सडकमा ब्रेक फेल भई अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको अनुमान छ ।