उपनिर्वाचनमा बम आत‌ंक : कास्कीमा एकाविहानै तीन विष्फोट

उपनिर्वाचनमा बम आत‌ंक : कास्कीमा एकाविहानै तीन विष्फोट
शनिबार, मंसिर १४, २०७६

काठमाडौं- उपचुनावमा बम बतंकको प्रयास भएको छ। उपचुनाव सुरु भएसँग एकाविहानै कास्कीमा तीन स्थानमा बम विष्फोट भएको छ। कास्की क्षेत्रनम्बर-२मा हुँदै गरेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षीत गरी अर्मला, बागमारा र नयाँ बजारमा विष्फोट भएको हो।

पोखरा महानगरपालिका-९, नयाँबजारमा रहेको नवप्रभात स्कुल केन्द्रमा मतदानकेन्द्रभित्रै विस्फोट भएको छ। विस्फोटपछि पनि केही बेर बाहेक मतदान प्रभावित भएको छैन। विष्फोटबाट आतंक मच्चाउने प्रयास भएपनि क्षति भने भएको छैन।

निर्वाचनमा मतदातामा आतंक सृजना गर्ने विष्फोट कसले गराएको भन्ने पहिचान हुन सकेको छैन। प्रहरीले अज्ञात समुहको खोजी भइरहेको बताएपनि पहिचान खुलाउन अहिलेसम्म सकेको छैन।

उता डोटीको आदर्श गाउँपालिकामा भैरहेको उप-निर्वाचनलाई लक्षित गरी राखिएको प्रेसरकुकर बम सुरक्षाकर्मीले निस्कृय पारेको छ । आदर्श गाउँपालिकाको वडा नम्बर-२मा वडाध्यक्ष पदकाका लागि निर्वाचन भैरहेको छ।