उपचुनावमा नेकपाकै बर्चश्व

भक्तपुर १ (क) मा कांग्रेसका कृष्ण भडेल बिजयी

उपचुनावमा नेकपाकै बर्चश्व
आइतवार, मंसिर १५, २०७६

काठमाडौं-प्रदेशसभा सदस्यमा भक्तपुर-१(क)बाट कांग्रेसका कृष्ण भडेल निर्वाचित भएका छन् । उपचुनावमा पनि कांग्रेसले धेरै कम स्थानमा विजय प्राप्त गरिरहेका बेला भक्तपुरमा भने नेकपाका उम्मेदवारलाई पराजित गर्दै भडेल निर्वाचित भएका हुन्।

कुल ४५ हजार मत मध्ये ३२ हजार ३७ मत खसेको भक्तपुर-१,क मा कांग्रेस उम्मेदवार भँडेलले १३ हजार ४ सय ४९ मत पाएका छन्। उनका प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार देवीप्रसाद ढकालले ११ हजार २ सय ६ मत ल्याएका छन्।

शनिबार सम्पन्न उपनिर्वाचनको मतदान सकिए लगत्तै विभिन्न स्थानका मत परिणाम आउने क्रमजारी छ। अहिलेसम्म विभिन्न स्थानका अन्तिम नतिजा सार्वजनिक भएका छन्।

जसअनुसार रोल्पाको थबाङ-१, सल्यानको कुमाख-५, प्युठानको प्युठान नगरपालिका-२, डोटीको आदर्श गाउँपालिका-२, बाजुराको त्रिवेणी नगरपालिका-१, बाँकेको कोहलपुर नगरपालिका-६, संखुवासभाको खाँदबारी-१३, भोजपुरको पौवादुङमा गाउँपालिका–१, कञ्चनपुरको पुनर्वास-३, लमजुङको सुन्दरबजार-२ र काठमाडौंको दक्षिणकाली-३ मा नेकपाका उम्मेद्वार वडाध्यक्षमा निर्वाचत भएका छन्।

त्यस्तै गुल्मीको रुरु नगरपालिका-६, डोटीको आदर्श गाउँपालिका-२, सिन्धुपाल्चोकको इन्द्रावती-८, पूर्वी नवलपुरको बुंदीकाली-५, बागलुङको बडिगाड-२, काभ्रेको धुलिखेल-२ऽ खोटाङको साकेला-३, पाँचथरको फिदिम नगरपालिका-१ मा नेकपाका उम्मेद्वार वडाध्यक्षमा निर्वाचित भएका छन्।

त्यसैगरि चितवनको खैरहनी नगरपालिका-४ र ५, भरतपुर महानगरपालिका-१६ दाङको घोराही उपमहानगरपालिका-१६, बैतडीको सुर्नया-३, डोगडा केदार गाउँपालिका ४, महोत्तरीको बलवा नगरपालिका २, गढीमाई नगरपालिका २, अर्घाखाँचीको मालारानी गाउँपालिका-६ मा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन्।

त्यसैगरि पर्साको सखुवापसौँनी-५ र सर्लाही हरिपूर्वा १ मा भने समाजवादी पार्टीका उम्मेद्वार वडाध्यक्ष निर्वाचित भएका छन्।

सप्तरीको छिन्नमस्ता गाउँपालिका ७, कपिलबस्तुको शिवराज नगरपालिका १०, मा राजपाका उम्मेद्वार विजयी भएका छन।

पाँचथर जिल्लाका तिन स्थानीय तह मध्ये सदरमुकाम फिदिम नगरपालिकाको वडा नम्बर-१ मा नेकपाका उम्मेद्धार गजाधर भटराई निर्वाचित भएका छन्। निकटम प्रतिद्धन्द्धी कांग्रेसका उम्मेद्धार सुबराज थापालाई पराजित गर्दै निर्वाचित भएका हुन्। भटराइले १४ सय ४६ मत प्राप्त गर्दा थापाले ९ सय ७२ मत प्राप्तगरे।

पाँच हिलिहाङ गाउँपालिका वडा नम्बर-७ मा नेपाली कांग्रेसका उम्मेद्धार तिलविक्रम इधिङगोले नेकपाका उम्मेद्धार गेहनाथ रिजाललाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका छन्। कांग्रेसका इधिङगोले ८ सय ४२ मत प्राप्त गर्दा नेकपाका उम्मेद्धारले ८ सय १२ मत प्राप्त गरे।

यता हिलिहाङ गाउँपालिकाको वडा नम्बर-७ मा भने तत्कालिन एमालेका तिर्थ तिम्सिना वडाध्यक्षमा निर्वाचित भएका थिए। तिनै स्थानका प्रमुखहरुको मृत्यू भएका कारण पाँचथरमा उपनिर्वाचन भएको हो।