पासोमा चितुवा, आतंक अझै जारी

पासोमा चितुवा, आतंक अझै जारी
फाइल तस्वीर
आइतवार, मंसिर १५, २०७६

तनहुँ । तनहुँको भानु नगरपालिका–३ मा आइतबार बिहान अर्को चितुवा पासोमा परेको छ ।

चितुवा नियन्त्रणका लागि भानु–३ को रिढीपानी स्थित कालिका सामुदायिक वनमा थापिएको पासोमा पोथी चितुवा परेको हो ।

विगत डेढवर्षदेखि भानुका चारवटा वडामा चितुवा आतंक बढ्दै गएको छ । मानव बस्तिमै गएर बालबालिकामाथी झम्टनेगरेको चितुवाले अहिलेसम्म पाँच सात बालबालिकाको ज्यान लिइसकेको छ ।

आइतबार अन्दाजी १० वर्ष र ५० केजी तौल भएको पोथी चितुवा पासोमा वपरेको हो । डिभिजन वन कार्यालयका प्रमुख केदार बरालका अनुसार नियन्त्रणमा आएको चितुवालाई सुरक्षित रुपमा चितवन स्थानान्तरण गरिएको छ ।

चितुवा नियन्त्रणका लागि नगरपालिकाका सामुदायिक वनमा काठका खोर निर्माण गरी बाख्रासहित राखिएको छ । हालसम्म दुई भाले र तीन पोथी गरी पाँचवटा चितुवा नियन्त्रणमा आइसकेका छन् ।