जनयुद्धमा भएका सबै नराम्रा घटनाको जिम्मा लिन्छु : प्रचण्ड

जनयुद्धमा भएका सबै नराम्रा घटनाको जिम्मा लिन्छु : प्रचण्ड
आइतवार, मंसिर १५, २०७६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले माओवादी जनयुद्धका क्रममा भएका सबै राम्रा नराम्रा घटनाको जिम्मेवारी आफूले लिने बताएका छन् ।

आज पार्टी मुख्यालय धुम्बाराहीमा द्वन्द्वकालमा मारिएका तत्कालिन नेकपा एमालेका नेता बुद्धिमान पाख्रिनको १७ औँ स्मृतिसभालाई सम्बोधन गर्दै जनयुद्धका क्रममा भएका सबै घटनाको जिम्मेवारी लिने बताए ।

संक्रमणकालीन न्याय सम्पादन गर्न सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोग बनाएर र द्वन्द्वकालीन मुद्दा टुङ्गो लगाउन आफु प्रयासरत रहेको बताए ।

माओबादी जनयुद्धको नेतृत्व गर्ने पार्टी र त्यसको अध्यक्ष भएकाले आफुले त्यसको जिम्मेवारी लिने बताए। जनयुद्धमा मारिएका भएपनि सबैलाई सम्बोधन हुने गरी सत्य निरुपण होस् भन्ने पक्षमा आफु रहेको उनको भनाई छ ।

अध्यक्ष प्रचण्डले आफुहरु आम माफिको पक्षमा नरहेको पनि स्पष्ट पारे । द्वन्द्व पीडितहरुको माग बमोजिम सत्यनिरुपण मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको अहिलेको कानुन संसोधनको तयारीमा भइरहेको उनको भनाई छ।

आयोगका कामलाई तीब्रता दिन छिट्टै पदाधिकारीहरु नियुक्त गरिने उनले जानकारी दिए ।