साग : करातेबाट नेपाललाई पहिलो स्वर्ण

साग : करातेबाट नेपाललाई पहिलो स्वर्ण
सोमवार, मंसिर १६, २०७६

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा नेपालले स्वर्ण पदक हात पारेको छ । यो नेपालका लागि पहिलो स्वर्ण पदक हो ।

करातेका मन्डे काजी श्रेष्ठले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । सातदोबाटो स्थित करातेको हलमा भएको खेलमा श्रेष्ठले पाकिस्तानी खेलाडीलाई पराजित गदै स्वर्ण जितेका हुन् ।

श्रेष्ठ विभागिय क्लब नेपाल प्रहरीबाट खेल्दै आएका छन्। यस्तै नेपालले महिला एकल कातामा पनि एक रजत पदक हात पारेको छ।