छैटौँ पटक बालोन डी’ ओर अवार्ड मेस्सीले जिते

छैटौँ पटक बालोन डी’ ओर अवार्ड मेस्सीले जिते
मङ्लबार, मंसिर १७, २०७६

एजेन्सी । लियोनल मेस्सीले कीर्तिमानी छैटौँ पटक बालोन डी’ ओर अवार्ड जित्न सफल भएका छन् । सन् २०१९ को उत्कृष्ट खेलाडी बन्दै अर्जेन्टिनाका कप्तान मेस्सीले बालोन डी’ओर हात पारेका हुन् ।

मेस्सी ६ पटक बालोन डी’ओर अवार्ड जित्ने पहिलो खेलाडी हुन् । फ्रान्सको पेरिसमा मेस्सीले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भान डाइकलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

मेस्सीले यस अघि सन् २००९ देखि १२ सम्म र २०१५ मा गरी पाँच पटक अवार्ड जितेका थिए ।